एमाले हुम्ला अध्यक्षमा दुई प्यानलको प्रतिस्पर्धा, दुई जनाको उम्मेदवारीवारी

अर्जुन बोहरा

बैशाख २,२०८१ आइतबार
हुम्ला । नेकपा एमालेको हुम्ला जिल्ला कमिटीको नयाँ नेतृत्वका लागि दुई गुटबीच प्रतिस्पर्धा हुने भएको छ । एमाले केन्द्रीय स्थाई समितिका सदस्य गोरख बहादुर बोगटी,केन्द्रीय सदस्य दल फडेरा र केन्द्रीय सदस्य दल रावल,केन्द्रीय सदस्य छक्क बहादु गुटको प्यानलसहित उम्मेदवारी परेको छ ।
अध्यक्षमा बोगटी समूहबाट अध्यक्षमा डबल रावत र रावल समूहबाट ज्ञामी बुमीले मनोनयन गर्दा गराएका छन् । हिजो शनिबार तिन जना अध्यक्ष पदको लागि मनोनयन दर्ता गराइ पनि पूर्ण प्रसाद ढकाले आफनो अध्यक्ष पदको लागि उम्मेदवारी र्फिता लिएका हुन् ।
बोगटी समूहबाट अध्यक्षमा उम्मेदवारी दिएका रावत यसअघिका जिल्ला कार्यावाहक अध्यक्ष हुन् । रावल समूहका बुमी जिल्ला उपाध्यक्ष र प्रदेश कमिटिमा राजनीति हुँदै अध्यक्ष पदमा उठेका छन् ।
दसौँ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नको लागि निर्वाचन प्रक्रियामा गएको निर्वाचन समितिका संयोजक अमरबहादुर शाहीले बताए । अध्यक्ष पदका लागि वर्तमान कावा अध्यक्ष रावत, पूर्व उपाध्यक्ष बुमीको उम्मेदवारी दर्ता भएको जानकारी दिए ।
त्यसैगरी उपाध्यक्ष पदको लागि प्रकाशबहादुर शाही र उब्जन मल्ल विच प्रतिस्पार्धा हुने भएको छ । त्यस्तै, सचिव पदमा निवर्तमान सचिव तीर्थराज बोहरा र गोकुल बुढाले उम्मेदवारी दर्ता गर्नुभएको छ ।
उपसचिवमा प्रदीप लामा र बुध भण्डारी उम्मेदवारी परेको छ भने महिला उपसचिवमा विमला शाही र अनेम सङ्घका जिल्ला अध्यक्ष मन्जु रावलले उम्मेदवारी प्रतिस्पार्धा गराएका छन् । निर्वाचन समितिका संयोजक शाहीले आइतबार ३बजे बाट मतदान हुने बताउनुभयो ।
दसौँ जिल्ला अधिवेशनको चैत २९ गते उद्घाटन भएको र ३० गते बन्दसत्र सुरु भए पनि सहमति बन्न नसकेपछि निर्वाचन प्रक्रिया आगाडि बढेको निर्वाचन समितिका संयोजक शाहीले बताए । एमाले पार्टीका जिल्लाका शिर्ष नेताहरुले सहमतिमा नेतृत्व चयनको प्रयास असफल भएको थियो ।
सात वटा गाउँपालिका बाट र विभिन्न कलस्टर गरेर २सय ९० जना प्रतिनिधिले ८१ जान उम्मेदार लाई मत दिने भएका छन् । यो अधिवेशनले १२० सदस्यीय नयाँ कमिटी निर्वाचित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस