एमाले हुम्ला अधिवेशन अपडेटः बुमीले अग्रता कायमै, अरूले कति मत पाए ?

फिल्को मिसन

बैशाख २,२०८१
सिमकोट । नेकपा एमाले हुम्ला जिल्लाको अध्यक्षका लागि भएको निर्वाचनमा ज्ञानी बुमीले अग्रता कायमै राख्नु भएको छ। प्रारम्भिक मतपरिणाम अनुसार ज्ञानी बुमीले ७४ मत पाउनु भएको छ भने अर्का उम्मेदवार डबल रावतले ६७ मत ल्याउनु भएको छ ।
यस्तै गरि उपाध्यक्षमा प्रकाश बहादुर शाहीले ९७ मत प्राप्त गरेका छन् भने उब्जन मल्लले ४५ मत ल्याएका छन् ।
सचिवमा तिर्थराज बोहराले ७३ पाउनु भएको छ भने गोकुल बुढाले ६३ ल्याउनु भएको छ । यसैगरी उपसचिवमा खुलामा प्रदिप लामाले ८२ मत पाउनु भएको छ भने बुध भण्डारीले ५२ मत ल्याउनु भएको छ।
त्यसै गरि उप सचिव महिलामा मन्जु रावल ८५ मत प्राप्त गरेकि छन् भने बिमाल कुमारी शाहीले ५१ मत प्राप्त गरेकिछिन् । १५० मत गणना हुँदा ४ मत बदर भएको छ ।

प्रतिक्रिया दिनुहोस