हुम्लामा मार्सी धान रोपाइँ सुरु

फिल्को मिसन

जेठ २४,२०७९
सिमकोट । हुम्लामा अधिकाँस गाउँका किसानलाई मार्सी धान रोपाइँको शुर भएको छ । जेठ दोश्रो हप्तादेखि नै गाउँमा मार्सी धान रोपाइँको चटारो सुरु भएको हो ।
हुम्लामा किसानहरुले चैत १२ गते धानको ब्याड राखेका थिए । काली मार्सी धानको बीउ हरेक वर्ष चैत १२ गते भिजाउने, १६ गते उतार्ने र २० गते ब्याडमा छर्किने स्थानीय परम्परा रहेको छ । हुम्लाका नाम्खा गाउँपालिक बाहेक ६ वटा स्थानीय तहमा केहि फेदमा धान खेती हुन्छ । परम्परादेखि नै बाजा बजाएर कालीमार्सी धानलाई ब्याडमा छर्ने, बीउ निकाल्ने र रोप्ने चलन रहेको सिमकोट ८ निवासी जनक शाहीले बताए ।
हुम्लाको ४ हजार उच्चाईमा धान फलेको पनि बताए । उनले यहाँ त वर्षमा एक पटक धान उत्पादन हुन्छ ,शाहीले बताए
धान जस्तै उच्च हिमाली क्षेत्रमा अन्य उवा जौ,जौ र गहुँ पनि वर्षमा एक पटक मात्रै उत्दान हुन्छ । अन्य चिसो,कागुनो, कोदो, लगायत जातका बाली वर्षमा दुई पटक उत्दान हुन्छ । हुम्ला नेपालकै उच्च हिमाली जिल्लामा पर्छ भने धान उत्पादन जन्मजातदेखि यहाँ उत्पादन हुँदै आएको छ ।
भने जिल्लाको उच्च क्षेत्रमा रहेको सिमकोट गाउँपालिकाको वडा आठमा रहेको खोल्सी गाउँमा समेत यहाँका स्थानीयले धान उत्पादन गर्दै आएका छन् । प्रत्येक वर्षको जेठ महिनाको मध्येदेखि असार पहिलो हप्तासम्म जिल्ला धान रोपाइँको चटारोमा यहाँका किसान व्यस्त हुने गर्छन् ।हुम्लामा दुई थरी धानको उत्पादन यहाँका किसानले उत्पादन गर्दछन् । जिल्लामा रातो मासी धान र कालो मासी धान उत्पादन गर्दै आएका छन् । हुम्लाको खोल्सी, ग्याग्ररु,ताक्ला,बाम्टा, याङ्चु,छिप्रा,रिप, उनापानी, दार्मा लगायतका गाउँमा रहेका (जिउल) अर्थात खेतमा किसानलाई धान रोप्न भ्याइनभ्याइ भएको छ ।
यतिबेला किसानलाई कालीमार्सी तथा अन्य जातको धान रोपाइँमा विहानदेखि रातिसम्म खेतमा भ्याइनभ्याइ भएको खार्पुनाथ गाउँपालिक – ५ का स्थानीय दिल्ली बोहराले बताउनुभयो । जेठको मध्येदेखि असार नलाग्दै यहाँका किसानलाई रोपाइँको चटारो लाग्ने गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस