पर्सि बस्ने गरी प्रतिनिधि सभाको बैठक स्थगित

फिल्को मिसन

फागुन ६,२०७८
काठमाडौं । प्रतिनिधि सभाको अर्को बैठक ६ फागुनमा बस्ने भएको छ। एमालेको अवरोध कायमै रहेकाले आजको बैठक अगाडि बढाउन नसकेपछि सभामुख अग्निप्रसाद सापकोटाले संसद्को अर्को बैठक पर्सि दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको जानकारी गराउनुभएको हो । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोधका बीच आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेश गर्नुभयो ।
आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गरेको सूचना सभामुखले टाँस नगरेको भन्दै विपक्षी दल एमालेले संसद् बैठकमा अवरोध गर्दै आएको छ । सभामुख सापकोटाले महामारीका कारण संसद् बैठक नियमित हुन नसकेको र भएका बैठकमा पनि अवरोध कायम हुँदा आम नागरिकका दैनिक समस्या सरकारलाई सुनाउने, समाधानको प्रयत्न गर्ने तथा महत्वपूर्ण विधेयक विचराधीन रहेकाले बैठकमा अवरोध नगरी नियमित सञ्चालनका लागि सहयोग गर्न आग्रह गरेका थियो ।
उनीहरूको विरोधबीच प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून‚ न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले थारू आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेश गरेका थिए।

प्रतिक्रिया दिनुहोस