सङ्कटग्रस्त श्रीलङ्काको दुई अनुहार: विलासी परियोजना, अभावग्रस्त जीवन

जेठ २५,२०७९
ऐजेन्सी । एक दशकअघि बनेको राजापाक्ष अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुवाहक जहाज आउँदैनन् । विमानस्थलका कर्मचारी धेरैजसो समय क्याफेमा बसेर बिताउँछन् । विमानस्थलको नामसँग जोडिएको नाम श्रीलङ्काको शक्तिशाली राजनीतिक घराना राजापाक्षकै नाम हो ।
राजापाक्ष परिवारकै निर्देशनमा निर्माण भएको विशाल क्रिकेट रङ्गशालामा हालसम्म थोरै अन्तर्राष्ट्रिय प्रतियोगिता मात्र भएपछि प्रयोगहीनजस्तो रहेको छ । रङ्गशाला बस्तीबाट टाढा भएकाले खेलाडीमाथि वन्यजन्तुको आक्रमणको जोखिम हुन्छ ।
यी दुई पूर्वाधारभन्दा पनि ठुलो परियोजना थियो, हम्बनटोटा बन्दरगाह । ‘सेता हात्ती परियोजना’ उपनाम पायो यो बन्दरगाहमा कार्गो जहाजभन्दा धेरै साँच्चै नै हात्ती पुगे होलान् । बन्दरगाहा निर्माणको लागि लिएको विशाल ऋण तिर्न नसकिने देखिएपछि सरकारले त्यसलाई ऋणदाता चीनलाई नै जिम्मा लगाएको छ ।
चर्चा गरिएका तीन वटै पूर्वाधार राजपाक्षको पुर्खौली घर रहेको श्रीलङ्काको दक्षिण सहर हम्बनटोटामा छन् ।श्रीलङ्का अहिले इतिहासकै सबैभन्दा खराब आर्थिक सङ्कटसँग जुधिरहेको छ । र यो सङ्कटका लागि प्रतिफल नहेरी बनाइएका विशाल परियोजना जिम्मेवार मानिन्छ । यस्ता पूर्वाधारको सबैभन्दा स्पष्ट हम्बनटोटा सहरका कुना कुनामा देखिन्छ ।
राजापाक्ष परिवारले उनको यो गृह नगर प्रयोगहीन १ अर्ब डलरको बन्दरगाह, २५ करोड डलरको विमानस्थल र २० करोड डलरको सडक तथा पुल र थप करोडौँ डलर खर्चेर क्रिकेट रङ्गशाला बनायो ।
हमबनटोटामा बनेको यी प्रयोगहीन परियोजना एक राजनीतिक वंशले देशलाई पारिवारिक व्यवसाय चलाउँदाका उदाहरण हुन् ।
सन् २००९ मा महिन्दा राजापाक्षको नेतृत्वमा श्रीलङ्काको तीन दशक लामो गृहयुद्ध अन्त्य भयो । सरकारले विद्रोही तमिलविरुद्ध जितको सैन्य जित हासिल गरेपछि गृहयुद्ध अन्त्य भएको थियो ।
त्यसपछि नै तत्काल प्रतिफल नदिने विशाल परियोजनाहरू बनाउने होड चलेको । तमिल समुदायमाथि विभेद अन्त्य गर्नुपर्ने माग राख्दै सुरु भएको विद्रोह दबाउन सफल भएपछि महिन्दा निक्कै लोकप्रिय बनेका थिए । जितको उन्माद र बढ्दो लोकप्रियताबीच महिन्दाले धेरै राष्ट्रवादी नेताले गर्ने काम गरेस् आफ्नै सम्मानमा ठुला पूर्वाधार बनाउने ।
अहिलेजस्तो रकमको अभाव पनि थिएन । गृहयुद्ध अन्त्य भएपछि व्यापारिक विश्वमा श्रीलङ्काप्रति सकारात्मक धारणा उत्पन्न भएको थियो भने चीन विश्वभर प्रमुख ऋणदाताको रूपमा उदाइरहेको थियो ।
अहिले स्थिति फेरिएको छ । श्रीलङ्का विश्वमा असफल मुलुकमा परिणत भएको छ । विदेशी मुद्राको सञ्चिति लगभग शून्यमा झरेको छ । यो सङ्कटको लागि आंशिक रूपमा महामारीको समयमा पर्यटनमा आएको ¥हास जिम्मेवार छ । र केही हदसम्म रुस–युक्रेनबीचको युद्धले सङ्कटलाई विकराल बनाइदियो । तर राजापाक्ष परिवारको आर्थिक कुव्यवस्थापन र समस्या ढोकामै आइसक्दा पनि बेवास्ता गर्ने प्रवृत्तिले यो समस्यालाई धेरै बढायो ।
बढ्दो खाद्य मूल्य, लामो लोडसेडिङ र औषधोपचारको अभावका कारण मानिसहरू राजापाक्ष परिवारको विरोधमा सडकमा निस्किए । ठुलो विरोध प्रदर्शनका कारण ७६ वर्षका महिन्दा राजापाक्षले प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन् । मानिसहरू उनको भाइ गोटाबायाले राष्ट्रपति पदबाट राजीनामा दिनुपर्ने माग गरिरहेका छन् ।
आक्रोशित भिडले राजापाक्षको घरमा ढुङ्गामुढा गरे । सो क्षेत्रमा बनेका राजापाक्ष परिवारका स्मारक र मूर्तिहरू ढाले । महिन्दा राजापाक्षका अभिभावकको सम्झनामा बनाइएको संग्राहलय नै जलाई दिए ।
‘यो राम्रो भएन, त्यसले मलाई धेरै नराम्रो महसुस गरायो,’ ४२ वर्षका कपिला ग्यामेजले भने । मेकानिक कपिला राजापाक्षका समर्थक हुन् । ‘राजनीतिक कुरा अलग हो तर उनीहरुले राजापाक्षका अभिभावको संग्राहालय जलाउन हुदैनथ्या ,’ कपिलाले भने ।
कपिलाले राजापाक्षको समर्थन गरिरहदाँ उनी विजुली बत्ती पर्खिरहेका थिए । काम गर्दा गर्दै लाईन गएपछि उनको वेल्डिङको काम अधुरो रहेको थियो । आर्थिक संकटमा राजापाक्षका समर्थक र विरोधी दुवैले यो समस्या समान रुपले भोगिरहेका छन् ।
५३ वर्षकी पद्मा विजेयाविक्रमा २० वर्षदेखि ह्याबानटोटामा दही बेचिरहेकी छन् । उनको श्रीमान् १५ गाई चलाउन गएपछि उनी माटाको भाडाका दहीलाई स्कुटरमा राखेर नजिकको बजार बेच्न जानिछन् ।
आर्थिक संकटअघि उनी दिनको ३० देखि ४० दही भाडा बेच्थिन् । तर अहिले मुस्किलले २० वटा मात्र दही जान्छन् । मानिसहरू अन्य अत्यावश्यक सामानको लागि पैसा जोगाउनुपर्ने बाध्यतामा छन् ।
‘हामीले यति कठिन समय कहिल्यै सामाना गरेका थिएनौँ,’ उनले भनिन् । अहिलेको स्थितिको लागि राजापाक्ष परिवार जिम्मेवार रहेकोमा पद्मा निश्चिन्त छिन् ।
आर्थिक कुव्यवस्थाको असर हम्बनटोटाभर देख्न सकिन्छ । विमानस्थलमा देखिने बाहिरिया समूह भनेको फाट्ट फुट्ट अवतरण गर्ने कार्गो विमान र तिनलाई हेर्न पुग्ने केही जिज्ञासु गाउँले मात्र हुन्छन् ।
क्रिकेट रङ्गशाला प्रशासनले एक समय आयआर्जनको लागि रङ्गशाला नै विवाह आयोजना गर्न भाडामा दिन थालेको थियो । ३५ हजार दर्शक क्षमता भएको रङ्गशाला रहेको सहरको सम्पूर्ण जनसङ्ख्या २५ हजार मात्र छ ।
हम्बनटोटाका मेयर के।जी। गेमिनी श्रीआनन्द आफै राजापाक्ष पार्टीका सदस्य हुन् । उनका अनुसार महिन्दा राजापाक्षले जिल्लाको विकासमा उनका कुनै पनि पूर्ववतीले भन्दा बढी काम गरेका छन् ।
‘तर यी विशाल परियोजना अर्थहीन छन् । यो क्षेत्रमा अझै पनि हात्तीहरू बाटोमा हिँडिरहेको भेटिन्छन् । जुन ठाउँका अधिकांश मानिस जीविकोपार्जनको लागि धान खेतीमा आश्रित छन्, त्यहाँ यी परियोजना अनावश्यक हुन् ,’ श्रीआनन्दले भने ।
पद्माकी छिमेकी ४७ वर्षीया कन्चना निराशनी पनि मेयर श्रीआनन्द हमबनटोटामा राजापाक्षको विरासत त्यति नराम्रो नरहेकोमा सहमत छिन् । ‘उनीहरुले धेरै गरे । युद्ध जिते, धेरै सडक बनाए,’ निराशानीले भनिन् ।
छेउमा उभिएकी विजेयाविक्रमालै आर्थिक कठिनाइ चाहिँ के हो भनेर उनकी छिमेकीलाई सोधिन् । त्यसको जवाफ उनको दुःखी अनुहारले नै दिइरहेको थियो ।
निरोशानीको श्रीमान् एक लिजिङ कम्पनीमा काम गर्छन्, जसका ग्राहकहरू घट्दै गएको छ र मलमा लागेको प्रतिबन्धको कारण परिवारको उब्जनी यो वर्ष आधाले घट्यो ।
‘रासायनिक मलको प्रतिबन्धले हामीलाई साँच्चै धेरै असर गर्यो,’ उनले आफ्नी मित्रको कुरामा सहमति जनाउँदै भनिन् । ‘केही दिनमा हामीसँग खानलाई अन्न बाँकी नरहने अवस्था छ ।’
स्रोत : न्युयोर्क टाइम्स