कांग्रेसका महामन्त्री शर्माद्धारा वसन्तश्रीको ११औँ “हिमाल खण्डकाव्य”कृति विमोचन

अर्जुन बोहरा

जेठ२ २०८०
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले साहित्यकार वसन्तश्रीको ११औँ “हिमाल खण्डकाव्य”कृति ललितपुरमा विमोचन गरेका छन् ।
हुम्ला जिल्ला सिमकोट वडानं ५ तल्लो गाउँनिवासी बशन्त रोकायको हिमाल खण्डकाव्य मंगलबार सोही कृतिको महामन्त्री शर्माले विमोचन गरेका हुन् ।
रोकाया मानसरवर बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख र नेपाली काँग्रेस हुम्ला पार्टी उपसभापति हुन् । उनले हुम्लाबाट काठमाडौँ आएर भोग्नुपर्ने पीडा र सङ्घर्षमा आधारित रहेर खण्डकाव्यमा तयार पारेका छन् । खण्डकाव्यमा १० खण्ड रहेका छन् ।
वसन्तश्रीको ११औँ “हिमाल खण्डकाव्य” आयोजना गरेको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले स्वतन्त्र ढङ्गले सत्यलाई बाहिर ल्याउने काम गरेकोे र आफ्ना भोगाईहरु अभिव्यक्त गरेको बताए । उहाँले जति सन्तुष्टि प्राप्त हुन्छ राजनीतिबाट त्यति सन्तुष्टि प्राप्त हुन नसक्ने बताए ।
“साहित्यकार हुन परिस्थिति मात्रै हैन, मनस्थिति पनि चाहिन्छ । कृतिमा कसैलाई पन्छयाएर लेखिएको छैन, भ्रममा परेर लेखिएको छैन, अनुभव गरेको र देखेको कुरा लाई समिटएरको लेखिएको छ,” महामन्त्री शर्माले भन भने, “उहाँका कृति सत्य अनुभवको आधारमा लेखिएकोले उहाँ प्रति सम्मान राखेको बताए” ।


हिमाल खण्डकाव्यमाथि टिप्पणी गर्दै साहित्यकार प्रा.डा. मोहनप्रसाद तिमल्सिनाले कविता भनेको लेखकले भन्दा पाठकले बुझ्ने बताए । कविता भनेको लेखकले भन्दा पाठकले बुझ्छ । यो खण्डकाव्य चलचित्रात्मक शैलीमा लेखिएको ‘जीवन र जगतसँग सापेक्ष सम्बन्ध राख्ने सन्देशमूलक रहेको बताए ।
हिमाल खण्डकाव्यमाथि टिप्पणी गर्दै प्रा.डा. नारायण गर्तौलाले ‘कर्णालीको वेदना हिमाल खण्डकाव्यमा व्यक्त भएको बताए । खण्ड काव्यमा हिमाल र यार्साको यौन, शिक्षा, स्वास्थ र प्रेमलाई व्यक्त गरिएको छ,’ उनले भने ।
लेखक वसन्तश्रीले हिमाल पुरुष प्रदान खण्डकाव्य भएको बताए । उनले समाजमा भएका गतिविधिलाई साहित्यमार्फत व्यक्त गर्नुपर्ने र त्यसलाई राजनीतिमार्फत बदल्नुपर्ने बताए ।
वसन्तश्रीको ११औँ “हिमाल खण्डकाव्य”कृति विमोचन कार्यक्रमा हुम्लाका पुर्व संसद रिता शाही,रंगमती शाही,पुर्व प्रत्रकार महाँसंघका पुर्व केन्द्रिय सदसय नवराज महतरा लगायतका स्रष्टाहरुको सहभागि जनाएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस